वृद्धाश्रमका लागि अक्षयकोष अभियान सञ्चालन

  • भञ्ज्याङ समाचारदाता (देवघाट)

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट रु १५ हजार ५०० लिएर आजीवन सदस्य बनाउने गरी अभियान शुरु गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेका अनुसार एक हजार जना सदस्य बनाएर रु एक करोड ५५ लाखको अक्षयकोष बनाउन लागिएको हो। अभियान सञ्चालन गरेसँगै ८१ जना सदस्य भइसकेका छन् । उहाँले भन्नुभयो, “एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भरपर्नुपर्दैन ।” वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ ।

उहाँका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । हाल रहेका वृद्ववृद्वा देशभरका १२ जिल्लाका रहेका छन् । अभियानमा साथ र सहयोगका लागि उहाँले सबैसँग आग्रह गर्नुभयो । हाल सो वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पुर्‍याउँदै आएका छन् । उहाँका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडान लगायतका काम गरिएको छ । विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । धेरैको चाहना जीवनको अन्तिम क्षण धार्मिकस्थलमा बिताउने इच्छा हुने गर्दछ । परिवारबाट पालनपोषण नपाएका वृद्धाश्रममा बस्छन् भने आर्थिक अवस्था राम्रो भएकाले देवघाटमानै कुटी निर्माण गरेर बस्ने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker