१२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन्।

यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker