कोरोना कहर : तनहुँका बजार क्षेत्र खुले, व्यापार छैन

कोरोना कहरका कारण बिगत छ महिनादेखि जनजीवन प्रभावित हुँदै आएको छ । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनले प्रभावित नभएको कुनै क्षेत्र छैन । लकडाउन खुकुलो भएसंगै बजार, व्यवसाय संचालन भएतापनि ग्राहक नआउदा व्यापार भने छैन ।

समुदायमा संक्रमण नदेखिएपछि नगरपालिका क्षेत्र सुरक्षित नै छ भन्ने हिसावले भिमाद नगरपालिकाले गत भदौं २२ गतेदेखि शैक्षिक क्षेत्र बाहेकका अन्य व्यापार, व्यवसाय, बैंक तथा वित्तिया संस्था सञ्चालनमा ल्याएका छन् । सार्वजनिक यातायात सहित व्यापार व्यवसाय सञ्चालनमा ल्याइएतापनि सर्बसाधारणको आवगमन छैन । दिनभरी पसलमा बस्ने बाहेक अन्य कुनै काम नभएको भिमादस्थित फेन्सि व्यवसायी सिमा खड्का बताउँछिन् ।

‘मास्क, पञ्जा, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर पसल खोलिएको छ’, उनले भनिन्, ‘यी सबै गर्दापनि पसलमा ग्राहक शुन्य छ । बजारमा चहलपहल नै छैन पसलमा ग्राहक कसरी आउन् ? लकडाउन अगाडि दिनकै ४०/५० हजार रुपैयाँ बराबरको व्यापार हुन्थ्यो अहिले ५ हजारको पनि हुदैन । कहिलेकाहि त शुन्य नै हुन्छ ।’

भिमाद मात्र नभई जिल्लाका आँबुखैरेनी, डुम्रे, बन्दीपुर, दमौली, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रेका बजार क्षेत्रमा भाइरस संक्रमणको त्रासका कारण लामोसमयदेखि बन्द भएका व्यापार व्यवसायहरु बिस्तारै खुल्दै जान थालेका छन् । बजार खुले पनि व्यापार ठप्प रहेको व्यवसायीहरु बताउँछन् ।

समुदायमा कोरोना भाइरस संक्रमण फैलिएका कारण भानु नगरपालिकामा भने भदौं ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका अन्य ९ पालिकामा भने सुरक्षा सावधानी अप्नाएर विस्तारै जनजीवन सहज बनाउँदै लगिएको छ ।

जिल्लाका बजार क्षेत्रका व्यापार व्यवसायहरु खुल्ला गरिएपनि ग्रामीण क्षेत्रबाट मानिसहरु सहर तर्फ नआउँदा व्यापार भने हुन नसकेको व्यास नगरपालिका स्थित फेन्सी व्यवसायी पविन्द्रकुमार श्रेष्ठ बताउँछन् । उनले भने, ‘प्रायः ग्रामीण क्षेत्रका बासिन्दालाई बढि लक्षित गरेर व्यवसाय संचालन गरिएको र उनीहरुको बजार आवगमन कम भएका कारण पसलमा ग्राहकहरुको उपस्थिति न्यून जस्तै छ ।’

ग्राहक नआउदा दिनभरी पसलमा बस्नेमात्रै काम भएको व्यास-२ स्थित बाराही टि-सर्टका प्रोपाइटर मोहन पाठक बताउँछन् । ‘लकडाउन सकियो पसल खुल्ला छ भन्ने मात्र भएको छ’, उनले भने, ‘पसलका सामान भने बिक्री भएका छैनन् । मानिसहरु कोरोना भाइरस त्रासका कारण झट्ट पसलमा पस्नपनि डराउँछन् ।’

यस्तै, स्थानीय राजनीतिक दल, उद्योगी, व्यवसायी लगायतको सहमतिमा भिमाद नगरपालिकाको सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरिएको नगरप्रमुख मेखबहादुर थापाले बताए । ‘जनस्वास्थ्यलाई ख्याल गर्दै नगरपालिकाले अत्यावश्यक बाहेक सम्पूर्ण क्षेत्र बन्द आव्हान गरेको थियो’, नगरप्रमुख थापाले भने, ‘पछिल्लो समय नगरपालिकामा संक्रमितहरु पनि नभेटिएका र नगरपालिकाले जारी गरेको निर्देशन पनि पूर्णरुपमा नागरिकस्तरबाट पालना नभएको हुँदा जनस्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी सबै क्षेत्र खुल्ला गर्ने निर्णय लिइएको हो ।’

नगरपालिकाले व्यवसायीलाई पसलहरु खोल्दा अनिवार्य रुपमा डोरीको घेराबार गर्ने, सावुन पानीले हातधुने र सामाजिक तथा भौतिक दुरी कायम गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताए । उनले भने, ‘यी निर्णयको पालना भएको पाइएन, त्यसैले अब सबै क्षेत्र खुल्ला गरी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरे नगरेको अनुगमन गर्ने र यदि मापदण्ड पालना नगरेको भेटिएमा कारवाही गर्नेछौं ।’

यस्तै, मुख्य चाडपर्वहरु नजिएका छन्, अब विस्तारै बजार क्षेत्रमा चहल पहल बढ्दै जानुपर्ने हो तर कोरोना कहरका कारण बजार क्षेत्र सुनसान हुन पुगेको भिमाद नगर उद्योग बाणिज्य संघका अध्यक्ष हस्त बहादुर खड्का बताउँछन् । ‘भाइरस संक्रमणको जोखिम त उच्च छ, सधै त्रासका बिच बस्दा आर्थिक अवस्था धरापमा पर्न थाल्यो’, उनले भने, ‘अब स्वास्थ्य सुरक्षा सावधानी अप्नाएर व्यापार व्यवसाय संचालन नगर्नुको विकल्प छैन।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker