तनहुँमा थप दुइ जनामा संक्रमण पुष्टि
दमौली

तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माद्वारा सार्वजनिक विवरणमा आँबुखैरेनी गाउँपालिका-३ का ५१ वर्षीय पुरुष र भिमाद नगरपालिका-६ की २० वर्षीया महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, तनहुँमा शुक्रबार बिहान सशस्त्र प्रहरी सहित ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यी संगै तनहुँमा आज मात्रै १३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज विहान सार्वजनिक विवरणमा भानु नगरपालिकामा सशस्त्र प्रहरी सहित १० जना र शुक्लागण्डकी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गएका छन् ।
त्यस्तै भानु नगरपालिका-१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु नगरपालिका-६ का ६२ वर्षीया महिला, ४२ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरी बलका सात जनाको स्वाब संकलन गरी परक्षिणका लागि पठाइएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।
त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा पनि शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा स्वाब परीक्षण गर्दा ती पुरक्षमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी गराएका छन् ।
यी सहित तनहुँमा हालसम्म संक्रमित हुनेको संख्या ३२६ पुगेको छ । संक्रमित मध्ये २२४ जना निको भएर घर फर्किएका छन् ।










