बन्दिपुरको टु्ँडिखेलमा सार्वजनिक शौचालय निर्माण

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित टुँडिखेलमा सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको सार्वजनिक शौचालय गत शुक्रबारदेखि सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।

पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा बनाउने अभियान अन्तर्गत शौचालय व्यवस्थापन गरिएको अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार, पालिकाले सो शौचालय पुननिर्माणका लागि २ लाख रुपैयाँ बजेट सहयोग गरेको छ ।

सञ्चालन आएको सो शौचालयले टुँडिखेलमा घुम्न जाने पर्यटकहरूलाई समेत सहज बनाउने उनको भनाइ छ । शौचालयको रेखदेखको जिम्मा स्थानीयलाई दिइएको छ । उनका अनुसार, अहिले पालिकाले बजार सफा राख्नका लागि अभियान नै सञ्चालन गरेको छ ।

जसअन्तर्गत बन्दिपुर बसपार्क एरियामा पनि पूरानो शौचालयलाई मर्मत सम्भार गरि सञ्चालनमा ल्याइएको छ । जसका लागि पालिकाले करिब एक लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको पालिका अध्यक्ष थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker