तनहुँको बन्दिपुरमा तालपार्क निर्माण प्रक्रिया सुरु

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुरमा ताल पार्क निर्माण कार्य अगाडि बढाइएको छ । पर्यटकीय नगरी बन्दिपुरको पहाडपानीमा तालपार्क निर्माण गर्न लागिएको हो ।
संघ सरकारको सहयोग तथा पालिकाको नेतृत्वमा स्थानीयको समेत लागत साझेदारी सहित तालपार्क निर्माण कार्य अगाडि बढाइएको हो । पहाडकी रानी उपनामले परिचित बन्दिपुर आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । बन्दिपुर घुम्न जाने पर्यटकहरूलाई लक्षित गर्दै करिब २० करोड रुपैयाँ लागतमा तालपार्क निर्माण गरिने भएको छ ।
२०७९ साउन ४ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गरेपछि तालपार्कको निर्माण प्रक्रिया सुरु गरिएको थियो। शिलान्यासको एक वर्षमा तालपार्कको डिपीआर स्वीकृत गरिसकिएको छ भने तालका लागि ड्याम निर्माण कार्य अगाडि बढेको छ । ‘बन्दिकापुर पच्चिस पोखरी तालपार्क’ नाम राखिएको यस परियोजनामा जोडिने बन्दिपुरका हरेक सदस्यको नाम समावेश गरिनेछ । यसपछि संसारकै सबैभन्दा लामो नाम भएको तालपार्कको रुपमा गिनिज बुकमा विश्व रेकर्ड कायम राख्ने लक्ष्य रहेको बन्दिपुर विकास समिति (तालपार्क)का संरक्षक नमस्तेलाल भूमिले बताए ।
नयाँ सोच तथा नयाँ खोजका रुपमा विकास गरिने यस तालपार्क आपतकालीन पानीको स्रोतको रुपमा प्रयोग गरिनेछ । यसमा माछा पालन गर्ने तथा तालमा सयर गर्नका लागि डुङ्गाको व्यवस्था पनि गर्ने योजना बनाइएको छ । स्थानीयलाई रोजगारी समेत सिर्जना हुने यस तालपार्क १७ रोपनी जग्गामा फैलन्छ । जसमा उद्यान, पार्क, म्युजियम तथा पार्किङ लगायतको सुविधा हुनेछ  जग्गाको बीचदेखि उत्तरतर्फताल बन्छ भने दक्षिणतर्फम्युजियम तथा अर्कोतर्फ पार्किङ बनाइनेछ । पार्कलाई प्राकृतिक शैलीको बनाइनेछ । जसमा आधुनिक केही प्रयोग नगरिने संरक्षक भूमिको भनाइ छ ।
‘पर्यटकहरूका लागि निश्चित शुल्क लिएर तालपार्क घुम्ने, डुङ्गामा शयर गर्ने जस्ता सुविधा दिइनेछ,’ उनले भने । उनका अनुसार मानवनिर्मित तालको रुपमा परिचित हुने यस तालपार्क बन्दिपुरका लागि मात्र नभई देशकै लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker