आँवुखैरेनी अस्पतालद्वारा एक वर्षमा ११७ जनालाई प्रसूति सेवा प्रदान

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालले एक वर्षको अवधिमा ११७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । वि.सं. २०८० मंसिर १ गतेदेखि २०८१ मंसिर १ गतेसम्म अस्पतालले ११७ महिलालाई प्रसूति सेवा दिएको हो ।

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालले स्थानीय र आसपासका महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरेको जानकारी दिए । उनका अनुसार अस्पतालबाट ९९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छ भने ३२ हजार नौ पटक प्रयोगशाला परीक्षण गरिएको छ ।

अस्पतालमा ९९१ बिरामीलाई भर्ना गरी उपचार गरिएको छ भने तीन हजार ९ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको डा. क्षेत्रीले जानकारी गराए । त्यस्तै एक्स–रे सेवा तीन हजार ३९१ जनालाई प्रदान गरिएको छ ।

स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई वि.सं. २०७९ मंसिर १ गते अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनःस्थापना र उपचार सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।

यस्तै, विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताए । उनले भने, ‘स्वास्थ्यचौकीबाट अस्पताल भएको दुई वर्षको अवधिसम्म अस्पतालले विभिन्न सेवा विस्तार गरिसकेको र केही सेवा थप गर्ने लक्ष्यमा पुगिएको छ’

गाउँपालिकाले वि.सं. २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

‘गाउँपालिकाले पुरानै भवनको उपयोग गरी अस्पताल सञ्चालन गरी सर्वसाधारणलाई सहज रुपमा उपचार सेवा प्रवाह गर्दै आएको छ । वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाइएको छ’, गाउँपालिकाका अध्यक्ष चुमानले भने, ‘स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौँ, इलाका वनको भवनलाई ल्याब बनाएका छौँ, त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker