अर्थ
-
कागती बिक्री नभएपछि रस र चुक बनाइँदै
वालिङ (स्याङ्जा) : यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् । जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा…
पुरा पढ्नुहोस -
तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै
दमौली : यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले…
पुरा पढ्नुहोस -
तनहुँमा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन
दमौली : सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका…
पुरा पढ्नुहोस -
मुग्लिन–पोखरा सडक अन्तर्गत चार लेनको मादी पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गरिने
दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब…
पुरा पढ्नुहोस -
होमस्टेले फेरिँदै कोरिखाका महिलाको दैनिकी
बन्दीपुर । पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे (घरबास)सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि…
पुरा पढ्नुहोस -
‘अण्डा’को लागत मूल्य बढ्यो
चितवन : अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा…
पुरा पढ्नुहोस -
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
दमौली : मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा…
पुरा पढ्नुहोस -
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
म्याग्दी : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको…
पुरा पढ्नुहोस -
भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने
दमौली : भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो । नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको…
पुरा पढ्नुहोस -
तनहुँमा नियमित बजार अनुगमन र खाद्य नमुना संकलन
दमौली : तनहुँमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खाद्य पदार्थको नमूना संकलनलाई तीव्र पारिएको छ । उपभोक्तालाई स्वच्छ खाद्य पदार्थको आपूर्ति गराउने उद्देश्यसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले नियमित रूपमा खाद्य पदार्थको नमुना सङ्कलन गर्दै आएको हो । पाँच वर्षदेखि नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन…
पुरा पढ्नुहोस