सुरक्षित विद्यालय सुरक्षित जीवन

तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ३ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा कार्यक्रममा विभिन्न सचेतनामुलक नारा लेखिएका प्लेकार्ड सहित भएका बालबालिकाहरु । नेपाल सरकपारको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम आवश्यक सूचकहरु पूरा गरी उक्त वडालाई विहीबार जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, बाल क्लव, महिला समूह, युवा क्लव, टोल विकास संस्था तथा सरोकारवालाहरुको सहभागितामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । तस्विर : भञ्ज्याङ










