अर्थ
-
‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज
दमौली : यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ । जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा…
पुरा पढ्नुहोस -
दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा
मुस्ताङ : कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा…
पुरा पढ्नुहोस -
पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’
दमौली : “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।” पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आउनुभएकी उहाँले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गर्नुभयो ।…
पुरा पढ्नुहोस -
छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित महायज्ञमा एकैदिन ३० लाख सङ्कलन
दमौली : आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा आइतबार एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमा रु ३० लाख दान सङ्कलन भएको आयोजक समितिले जानकारी दिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिको आयोजना, छिम्केश्वरी मन्दिर…
पुरा पढ्नुहोस -
अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को , व्यवसायी भन्दछन् ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’
म्याग्दी : यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् ।…
पुरा पढ्नुहोस -
पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर
म्याग्दी : अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने…
पुरा पढ्नुहोस -
पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन
पोखरा : केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको…
पुरा पढ्नुहोस -
आँवुखैरेनीको यान्चोकटार महिला लघु उद्यमी समूहले बेच्यो सात लाख रुपैयाँको सयपत्री फूल
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् । गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल…
पुरा पढ्नुहोस -
पत्रकारको कलमदेखि कृषि कर्मसम्म
सुन्दरबजार (लमजुङ) : कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ । अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुईकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ । कलम समात्ने…
पुरा पढ्नुहोस -
तनहुँ, गोरखा, लमजुङ र मनाङमा सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन
दमौली : सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीन/तीन करोड…
पुरा पढ्नुहोस