विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा सुरू, सुरक्षा र मेस आफ्नै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको पहिलोपटक हो । बन्दीपुरको एक होटलमा आयोजित बैठक असोज ५ गतेसम्म चल्ने छ ।

तत्कालीन माओवादीबाट अलग भएर भूमिगत गतिविधि गर्दै आएको विप्लव समूह र केपी शर्मा ओली नेतृत्वको सरकारबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएको थियो । सो सहमतिसँगै सो समूहमाथि प्रतिबन्ध फुकुवा भएको थियो । खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा, रणनीति लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

सुरक्षा र मेस आफ्नै

बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना पार्टी कार्यकर्ताहरुले मेस चलाएको जिल्ला सचिव एटमले बताए । उनका अनुसार बैठक बस्ने हल कोठा भने होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएका छन् ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर पुगेका थिए । सो होटलमा नेताहरुको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवाहरुलाई खटाइएको छ ।

बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker