टोल-टोलमा पुगेर स्वास्थ्य सचेतना जगाउँदै शुक्लागण्डकीका जनप्रतिनिधि

भञ्ज्याङ न्यूज

कोरोनाको संक्रमण भुसको आगो झैँ सल्किन थालेपछि शुक्लागण्डकी-७ ले सचेतना अभियान चलाएको छ । वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीको नेतृत्वमा जनप्रतिनिधि गिरबहादुर थापा, आधारभुत स्वास्थ्य सेवा केन्द्र शान्तिनगरका प्रमुख मनिष श्रेष्ठको टोली टोलटोलमा पुगेर स्वास्थ्य सजगकता अपनाउन आग्रह गर्दै वडावासीलाई स्वास्थ्य परामर्श दिएका छन् ।

‘रुघाखोकी लाग्दा, ज्वरो आउँदा, टाउको दुख्दा, पेट दुख्दा सामान्य रुघाखोकी हो भनेर घरमै बस्दा कोरोना संक्रमण बढिरहेको छ’, स्वास्थ्यकर्मी श्रेष्ठले भने, ‘यसरी लापरबाही रुपमा घरमै बस्न भएन, पिसिआर परीक्षणका लागि नगरपालिकाले निःशुल्क व्यवस्था गरेको छ ।’

उनले कोरोना संक्रमितहरुलाई हेयको दृष्टिले हेर्ने गरिदाँ संक्रमणको लक्षण देखिए पनि मान्छेहरु खुल्न नसकेको बताएका छन् । नहिच्किच्याईकन स्वास्थ्य परीक्षण गर्न उनले आग्रह गरेका छन् । श्रेष्ठले नियमित सरसफाईमा ध्यान दिन, अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गरी बस्न, कोरोना केही होइन भनेर नबुझन समेत आग्रह गरेका छन् ।

त्यस्तै वडाध्यक्ष रामहबादुर थापा क्षेत्रीले कोरोनाको विषयमा प्रायले जानेको बुझेको भएपनि लापारबाही गर्ने प्रवृत्ति देखिएको बताए । उनले यस विषयमा थप सजग बनाउन दोभानदेखि भोटेपानीसम्म नौ वटा टोलमा १०/१२ जना उपस्थिति गर्राई भौतिक दुरी कायम गरी सचेत गराइएको बताए।

उनले भने, ‘कोरोनाको विषय नौलो होइन तर, बढी हेल्चक्रयाई हुन थालेपछि सचेतनासहित घरदैलो अभियानलाई जोड दिइएको हो, यो अभियान वडाभरि नै चलाइन्छ ।’ वडाध्यक्ष थापाले भने, ‘तपाई हामी सुरक्षित भयौ भने वडा सुरक्षित हुनु हो, वडा सुरक्षित भए नगरपालिका सुरक्षित हुन्छ, सरकारले शिक्षा दिने हो, यस विषयमा हामी नागरिकहरु बढी जिम्मेवार हुनुपर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker