प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा भरोशा प्रथम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्यरत छात्रा भरोशा बानियाँ गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम भएकी छिन् ।
गण्डकी प्रदेश सरकारद्वारा आयोजित “प्रदेश सरकारसँग बालबालिकाको अपेक्षा” भन्ने विषयमा प्रतियोगितामा कक्षा ११ मा विज्ञान समुहमा अध्ययरत छात्रा बानिया प्रथम भएकी हुन् ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र प्रदेश बाल क्लबको आयोजनामा गरिएको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्त्वना हुनेलाई पोखरामा पुरस्कार प्रदान गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले आईतबार प्रमाणपत्र प्रदान गरिन् ।
प्रथम हुन सफल छात्रालाई सोमबार सत्यवती माध्यामिक विद्यालयले बधाई ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक पुष्पकला भट्टराइ, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल लगायत विद्यालयका शिक्षकहरुले बधाई ज्ञापन गरेको छ । शिक्षकहरुले दिएको मार्गदर्शन अनुसार प्रस्तुति दिएको र सफलता मिलेको बानियाँले बताइन् ।
सत्यवती देशकै उत्कृष्ट विद्यालय अन्तर्गत पर्दछ । यो विद्यालय २०५७ सालदेखि तनहुँ जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयो । चारपटक पश्चिमाञ्चल क्षेत्रको र्सवाेत्कृष्ट विद्यालय, एकपटक राष्ट्रियस्तरको प्रथम र दुइपटक राष्ट्रियस्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सत्यवती सफल भएको छ ।










