कांग्रेसले एक्लै लड्ने आत्मविश्वास राख्नुपर्छ : वरिष्ठ नेता पौडेल

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब हुने निर्वाचनमा कांग्रेसले एक्लै लड्ने आत्मविश्वास राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले विहीबार दमौलीमा आयोजना गरिएको स्थानीय निर्वाचन एवं विकास केन्द्रित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने देखिएपनि चुनावमा एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताएका हुन्।

‘कांग्रेसे एक्लै लड्छौं भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नु हुँदैन’, उनले भने, ‘एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।’ कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थिति अनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । नेता पौडेलले भने, ‘समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनु अहिलेको आवश्यकाता हो ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताए । भएका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्नेमा जोड दिए ।

चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उनले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गरे । नेता भण्डारीले चुनाव जित्नकै लागि माओवादीसँग गठबन्धन गर्न आवश्यक नरहेको समेत बताएका छन् । उनले भने, ‘कांग्रेसलाई दुःख दिने माओवादीसँग गठबन्धन गर्न आवश्यक छैन ।’

‘माओवादीले जब मौका पाउँछ तब दुख दिन्छ, चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक छैन’, उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्नुपर्छ । भएका गल्ती कमजोरी सुधार्दै कांग्रेसभित्र हार्दिकता सिर्जना गर्नुपर्छ ।’

यस्तै, केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र निर्वाचन जित्न सकिने बताएका छन् । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराइ, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले बिगत र वर्तमानको पार्टीको अवस्था, निर्वाचनका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker