नकवजनी चोरी र लागुऔषध मुद्दाका फरार प्रतिवादी नेपाली र सुनार पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँ प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी फक्राउ अभियान अन्तर्गत २ जनालाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि अगाडि बढाएको छ । प्रहरीले नकवजन चोरी/लागुऔषध मुद्दाका एक र लागु औषध मुद्दाका एक जना गरी दुइ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

नकवजनी चोरी/लागु औषध मुधामा तनहुँ जिल्ला अदालत २०७७ मंसिर ३० गते २ हजार जरिवाना र २ सय रुपैयाँ क्षतिपुर्ती सहित ९ महिना ६ दिन कैद फैसला गरेपनि फरार रहेका प्रतिवादी विकास नेपालीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराए ।

व्यास-११ फराकचौर बस्ने २३ वर्षीय नेपालीलाई उनकै घरबाट विहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको छ ।

यस्तै, लागुऔषध मुद्दामा फरार रहेकी व्यास नगरपालिका-३ बिसघरे बस्ने २१ वर्षीया स्रि्रन सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतले सुनारलाई २०७७ चैत्र २६ गते २ हजार रुपैयाँ जरिवाना, २ सय रुपैयाँ क्षतिपूर्ती सहित १ महिना ३ दिन कैद फैसला सनाएपनि सुनार फरार रहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीले सुनारलाई उनकै घरबाट विहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि शुक्रबार अदालतमा उपस्थित गराइ प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker