ग्रीन बैंकको शाखा दमौलीमा

भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा ग्रीन डेभलपमेण्ट बैंकको शाखा विस्तार गरिएको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको यस बैंकले वुधबारदेखि तनहुँको व्यास नगरपालिका-२, सफासडकमा शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको शुभारम्भ गर्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानीय स्तरबाट स्थापित यस बैंक गण्डकी प्रदेशको एक मात्र स्थानीय बैंक भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बताए।

नेपाल सरकारबाट व्याज अनुदान प्राप्त हुने सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलव्धी हासिल गरेको उनले जानकारी गराए ।

बैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, आईपिएस, सि-आस्वा जस्ता सुविधाका साथसाथै वचत तथा मुद्दती खातामा आकर्ष व्याजदर प्रदान गर्दै आएको बताइएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker