३६औं वार्षिकोत्सवकामा नबिल बैंकको नयाँ योजना सार्वजनिक

नबिल बैंकले अहिलेको विषम् परिस्थितलाई लक्षित गर्दै सम्पूर्ण ऋणी तथा ग्राहकको आवश्यकतालाई सहज बनाउने उद्देश्य सहित ‘३६औं वार्षिकोत्सव योजना’ सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको छ ।

जस अन्तर्गत घर कर्जामा  ७.९९ प्रतिशत, धितो कर्जामा  ८.४९ प्रतिशत, व्यक्तिगत ओभर ड्राफ्टमा ८.४९ प्रतिशत, साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत रहेको बैंकले जनाएको छ ।

 

बैंकले सिमित समयको लागि ल्याएको यो विशेष छुट वाषिर्कोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिने जनाएको छ ।

यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केही सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको बैंकका संस्थागत संचार विभाग प्रमुख कृष्ण सुवेदीले जानकारी गराएका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker