वेवारिसे सुत्केरीलाई श्रीमानको जिम्मा लगाइयो

तनहुँको बन्दिपुर गाउँपालिका-५ बाट वेवारिसे अवस्थामा उद्धार गरी सुत्केरी गराइएकी एक महिलालाई दश दिनपछि श्रीमानको जिम्मा लगाइएको छ । गर्भवती अवस्थामा उद्धार गरी छोरा जन्माएकी दिलमाया मोक्तानलाई मंगलबार श्रीमानको जिम्मा लगाइएको हो ।
बन्दिपुर अस्पतालमा रहेकी उनलाई गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको रोहवरमा श्रीमान खड्गबहादुर दमाईको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।
सबुद प्रमाण सहित श्रीमती भएको भनी दावी गर्न आएपछि ती महिलालाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।










