गरिविका कारण एकै परिवारका पाँच जनाद्वारा सामुहिक आत्महत्या

दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उहाँका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव आज दिउँसो नदीमा फेला परेको छ । पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभएको छ ।

अहिले घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुगिसकेको छ । खोजी कार्य तीव्र पारिएको छ ।

सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझनै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् ।

गरिब परिवार भएकाले एउटा समस्या थियो तर मदिरा सेवनसँगै लगातार घरमूलीले तनाव दिएपछि उनीहरु नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ ।

घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनुपरेको विषयलाई लिएर अधिकारकर्मीले विरोध जनाएका छन् । तीनै तहका सरकारले वडा तहसम्मका नागरिकको समस्या के छ, कसरी बसेका छन्, घरेलु मदिराको बिगबिगी कस्तो छ ? भन्नेबारेमा समस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण तयार गर्न आग्रह गरेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker