तनहुँको व्यासमा गर्भवतीलाई पोषणभत्ता कार्यक्रम सुरु

दमौली : तनहुँको व्यास नगरपालिकाले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि गर्भवती महिलालाई पोषण भत्ता सुविधा दिन थालेको छ । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गराउने उद्देश्यले सुत्केरीलाई पोषण भत्ता दिईएको नगरपालिकाले जनाएको छ ।
गर्भवती महिलाको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुबैको स्वास्थ्य समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत पोषण भक्ता उपलब्ध गराउन थालेको हो । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत जनही पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउन थालिएको छ ।
भत्ता वितरण कार्यक्रमको आइतबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले प्राथमिकता दिएइको बताए । नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरी महिलाको अप्रेसन सेवालाई निरन्तर दिनका लागि गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराईएको बताए ।
‘सुत्केरी हुने महिलालाई अस्पताल लैजान र घरमा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा समेत नगरपालिकाले सञ्चालन गर्दै आएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गर्ने तयारी गरिएको छ ।’
गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख इन्दिरा दरैले बताइने । ‘पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो’, उनले भनिन्, ‘गर्भवती पोषण कार्यक्रम अन्तर्गत हातमै नगद रकम प्रदान गरिने छ । घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाको लागिपनि यो कार्यक्रम प्रभावकारी हुने हाम्रो विश्वास छ ।’
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तिमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा पाँच हजार रुपैयाँ वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले बताइन ।
यस कार्यक्रमको लागि चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हालसम्म ७१ जनाले यो सुविधा लिइएको नगरपालिकाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker