बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्रि सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय बाल दिवसका अवसरमा रोटर्‍याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । क्लबले व्यास-१ खकौली स्थित बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका फरक क्षमताका बालबालिका सहयोग गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

क्लबले विद्यार्थीलाई जाडोमा लगाउने निलो स्विटर, शैक्षिक र खेलकुद सामाग्री सहयोग गरेको क्लबका सचिव किरण श्रेष्ठले बताए । कार्यक्रममा व्यास-१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले फरक क्षमता अध्ययन गर्ने विद्यालयलाई संघीय सरकार र स्थानीय सरकारले विषेश ध्यान दिनुपर्ने बताउँदै भने, ‘पूर्वाधार तयार गर्न बजेटको समेत व्यवस्था गर्नुपर्छ ।’

यस्तै सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले धर्म भनेको नै बालबालिकाको सेवा भएको बताए । उनले १६ वर्ष अघिको जति नै बजेट अहिले पनि उही रहेको हुँदा समय र महंगी अनुसार बजेट नबढ्दा सरकारले दिएको पैसाले ५० प्रतिशत मात्रै बालबालिकाको आवश्यकता पुरा हुने र आधा दाताकै भर पर्नु परेको बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक भैरव पन्थले क्लबले परोपकारी काम गरेको बताए । क्लबले म्याग्दे-७ का क्यान्सर पीडित बिरेन्द्र पौडेललाई उपचारका लागि ११ हजार रुपैयाँ सहयोग गरेको क्लबका उपाध्यक्ष श्रीराम गर्न्धर्व जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker