सरकारको निर्णय सच्याउन माग गर्दै प्रशासन कार्यालयमा धर्ना

दमौली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार एक घण्टा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रशासन कार्यालयमा धर्ना दिएको हो ।
धर्ना कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी, सदस्य एवं विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
शाखाको आयोजनामा जेठ २९ गते समेत सोही समयमा प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।
महासङ्घले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker