तनहुँ २ : कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणाम अनुसार भण्डारीले १६ हजार चार सय ९६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १३ हजार सात सय ४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म ३६ हजार एक सय आठ मतगणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार तीन सय ५४ र राप्रपाका नरेन्द्रप्रताप महतले पाँच सय सात मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (१) तर्फ नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिनुभएको छ । न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । प्रदेश (२) तर्फ नेपाली कांग्रेसका जीतप्रकाश आलेले पाँच हजार पाँच सय ६० र नेकपा (एमाले)का केदार सिग्देलले चार हजार आठ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker