दमौली बजार इकाई सभापतिमा मल्ल सहित सदस्यहरु सर्वसम्मत चयन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको १२औं अधिवेशनबाट सुकनारायण मल्ल सर्वसम्बत सभापतिमा चयन भएका छन् । सभापति पदका लागि मल्ल सहित तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सभापति पदका आकांक्षि राजकुमार श्रेष्ठ राकु र बिन्दु श्रेष्ठले मल्ललाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएपछि मल्ल सर्वसम्मत सभापति पदमा चयन भएका ह्न ।

इकाइको सभापतिसँगै सदस्यहरु पनि सर्वसम्वत चयन भएका छन् । इकाईको सदस्यहरुमा अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, बलराम वाग्ले, बीरबहादुर नेपाली, बिष्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, रबि भुजेल, प्रकाश श्रेष्ठ, संगम घर्ती, ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी सर्वसम्मत चयन भएको बताइएको छ ।

यस्तै, सभापति र सदस्य सर्वसम्मत भएपनि जिल्ला प्रतिनिधि, उपसभापति र कोषाध्यक्षमा भने मतदान भएको छ । पाँच जना जिल्ला प्रतिनिधि पदमा १२ जनाको उम्मेवारी रहेको छ भने, उपसभापति पदमा ५ जना र कोषाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

सर्वसम्मत नभएका पदमा आइतबार भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । कुल ७६२ जना मतदाता मध्ये ४७६ जनाले मात्र मतदान गरेको निर्वाचन संयोजक भिमलाल श्रेष्ठले जानकारी गराए । दिउँसो २ बजेदेखि सुरु भएको मतदान ५:३० बजेसम्म चलेको थियो। इकाईको उपसभापतिमा इन्द्रलाल श्रेष्ठ, राजेन मियाँ र शेषराज श्रेष्ठबीच प्रतिस्पर्धा भएको छ । त्यस्तै कोषाध्यक्षका लागि हर्षान श्रेष्ठ, लालप्रसाद प्रधान, नारायण मल्ल र युवराज भण्डारी बीच चुनावी प्रतिस्पर्धा भएको छ ।

यस्तै, जिल्ला प्रतिनिधिका लागि भरतकुमार श्रेष्ठ, भूपाल आले मगर, वीरेन्द्रकुमार श्रेष्ठ, ब्रजेज साह तेली, एकप्रसाद श्रेष्ठ, किनकुमार श्रेष्ठ, माधव न्यौपाने, मोहम्मद सलिम मियाँ, महेशकुमार मल्ल, नविन श्रेष्ठ, प्रकाश श्रेष्ठ र राजेन्द्र श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker