इनार सफा गर्ने क्रममा तनहुँको पोखरीभञ्ज्याङमा २७ वर्षे युवकको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१३ पोखरीभञ्ज्याङमा इनार सफा गर्ने क्रममा एक युवकको मृत्यु भएको छ । पोखरीभञ्ज्याङका मानबहादुर आलेले सञ्चालन गर्दै आएको सुमन सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका ऋषिङ गाउँपालिका-७ का २७ बर्षीय बिपिन भन्ने छत्र बहादुर आलेको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

आले सोही पोल्ट्री फार्मको कम्पाउण्डमा रहेको इनार सफा गर्नको लागि डोरीको सहायताबाट इनार भित्र पसी सफा गर्ने क्रममा अक्सिजन कमीका कारण अचेत भएपछि तत्काल उनको उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.क.ले जानकारी गराए ।

आले इनार भित्र अचेत अवस्थामा रहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी निरीक्षक बिकको नेतृत्वमा कमाण्डमा अनुसन्धान टोली तथा नेपाली सेनाको उद्दार टोली खट्टएिको थियो । टोलीले इनार भित्र अचेत अवस्थामा रहेका आलेलाई स्थानीय व्यक्तिहरु समेतको सहयोगमा इनारबाट निकाली उद्दार गरी उपचारको लागि दमौली अस्पताल ल्याएका थिए ।

अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले आलेलाई मृत घोषित गरेका थिए । मृत आलेको शव आईतबार परिवारलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker