विप्लव नेतृत्व नेकपाको महाधिवेशन फागुनमा
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा सम्पन्न बैठकले यसका लागि मोर्चाबन्दीसँगै कार्यगत एकता समेत गर्ने निर्णय निकालेको छ । गत शुक्रबारबाट शुरु भएर मंगलबार राती अबेर सम्पन्न बैठकले पार्टीको नवौं महाधिवेशन फागुनमा गर्ने निर्णय समेत गरेको पार्टीका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’ले जानकारी गराए ।
यसपूर्व कार्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकले जनयुद्धका बाँकी रहेका आधारभूत कामको व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । वैज्ञानिक समाजवादसम्म पुग्नका लागि आवश्यक काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।










