साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट, ठूलालाई कडाइ

काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ ।

१ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि उनीहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो ।

आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरको हकमा साउनबाट यो प्रावधान लागु भएको हो ।

सोहीकारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनु पर्ने भएको छ ।

साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ ।

यसअघि मासिक रुपमा कर विवरण बुझाउँदै आएका करदातादाले अब २५ मंसिर, २५ चैत र २५ साउन भित्र विवरण पेश गरे पुग्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker