ग्रिन डेभलपमेन्ट बैंकद्वारा मदरसालाई शैक्षिक सामग्री हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-४ स्थित नुरी हन्फि स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । ग्रिन डेभलपमेन्ट बैंकको ११औ वार्षिकोत्सवको उपलक्ष्यमा दमौली शाखाले सामाजिक उतरदायित्व अन्तर्गत मुस्लिम समुदायको मदर्सालाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रवन्ध सुदिप न्यौपानेले बताए ।
बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उधमशिलतासँग सम्वन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै आउने, नेपाल सरकारबाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुरण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलब्धी हासिल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले बताए ।
कास्की, बागलुङ, म्यादी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यलयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरू मोवाइल बैंकिङ, एटीएम सेवा जस्ता सुविधाका साथै वचत तथा मुद्दति खातामा आकर्षण व्याजदर प्रदान गर्दै आएको बैंकका मार्केटिङ विभाग प्रमुख संयुक्त ढाक्वाले बताए ।










