प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस, न्यौपानेलाई प्रेस चौतारी क्रियाशील पुरस्कार

भञ्ज्याङन्यूज

प्रेस चौतारी नेपालले सोमबार विविध कार्यक्रम गरी २६औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपाल तनहुँले स्थापना विदसका अवसरमा ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरण गरेको छ । शाखाले व्यास-५ स्थित ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरण गरेको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोग सदस्य नारायण खड्का, तनहुँ शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठ, अध्यक्ष राजकुमार श्रेष्ठ विविले संयुक्त रुपमा आश्रमलाई फलफूल हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय परोपकार महासंघ तनहुँका अध्यक्ष तारानाथ घिमिरेलाई फलफूल हस्तान्तरण गर्दै वक्ताहरुले श्रमजीवि पत्रकारको ठूलो संगठन प्रेस चौतारी भएको चर्चा गरेका थिए । यस्तै, सहयोगप्रति आश्रमका अध्यक्ष घिमिरेले आभार व्यक्त गरेका थिए ।

यस्तै, प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पत्रकार कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ । २६औं स्थापना दिवसका अवसरमा शाखाको सोमबार बसेको बैठकले न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा हुने कार्यक्रममा प्रदान गर्ने निर्णय भएको शाखा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । पुरस्कारको राशी दश हजार रहेको छ ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रेस चौतारी तनहुँका उपाध्यक्ष न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक हुनभने राष्ट्रिय समाचार समिति (रासस)मा पनि कार्यरत छन् ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट एक लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टर्राई, बसन्ती बास्तोला, नारायण खड्का पुरस्कृत भइसकेका छन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker