आरकेडि होल्डिङले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्ने

वास्तविक क्षेत्र अन्तर्गत रहेर औधोगिक लगानी प्रवर्द्धन गरिरहेको आरकेडि होल्डिङ लिमिटेडले कम्पनिको चुक्ता पुँजिको ४० प्रतिशत अर्थत एक करोड ४० लाख कित्ता सेयर प्रिमियम मुल्यमा सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ ।
सो कम्पनीले बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, पन्चासे केवलकार लिमिटेड, लगायतका पर्यटकीय पुर्वधारयुक्त उद्योगहरु र रियल स्टेट साथै निर्माण क्षेत्र र इभेन्ट म्यानेजमेन्ट गर्नको लागि पुँजी लगानी गरिरहेको छ । कम्पनीले आइपियो बिक्रीको प्रक्रिया पुरा गर्नको लागि शेयर बिक्री तथा जारी प्रबन्धक र सेयर बिक्री प्रत्याभूतकर्ता कम्पनी नियुक्ति गर्ने अन्तिम तयारी गरेको छ ।
कम्पनीको सातौँ साधारण सभा आहवान गरी सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र सो सभाबाटै संकलित सेयर कुनकुन क्षेत्रमा लगानी गर्ने भन्ने बिषयमा विस्तृत निर्णय लिने कुरा कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनका अनुसार लगातार नाफामा रहेको यस कम्पनीले आफ्नो कारोबारलाई थप विस्तार गर्नका लागि प्रिमियम मुल्यमा सेयर जारी गर्न लागेको हो ।
सो कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने तत्काल जारी पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ मध्ये प्रवर्द्धकहरुले २ अर्ब १० करोड ६० लाख रुपैयाँ चुक्ता गर्ने कबुल गरेका छन् । बाँकी १ अर्ब ४० करोड ४० लाख रुपैयाँ स्थानीय र सर्वसाधारणमा शेयर जारी गरी संकलन हुने पुंजीले उत्पादनमुलक उद्योगहरु प्रवर्द्धन गरी कम्पनीको आम्दानी बढाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माले बताए ।









