छ वटा स्वास्थ्य संस्थालाई क्षत्री समाज तनहुँद्वारा स्वास्थ्य सामाग्रि सहयोग

भञ्ज्याङ न्यूज

तनहुँका विभिन्न स्वास्थ्य संस्थाहरुमा क्षत्री समाज तनहुँले कोरोना भाइरस संक्रमण रोकथाम, न्यूनिकरण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रि सहयोग गरेको छ। समाजको जिल्ला कार्य समितिले सोमबार जिल्लाका ६ वटा अस्पताललाई ए लाख रुपैयाँ बराबरको स्वास्थ्य र सुरक्षाका सामग्रीहरु उपलब्ध गराएका हो ।

क्षत्री समाज तनहुँमा आबद्ध व्यक्तिहरुले स्वस्फूर्त रुपले संकलन गरेको उक्त रकमबाट स्वास्थ्य र सुरक्षाका सामग्रीहरु खरिद गरी अस्पतालहरुलाई उपलब्ध गराइएको बताइएको छ । कोरोनाको उच्च जोखिम मोलेर अग्रभागमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट बचाउने उद्देश्यले संस्थाले स्वास्थ्य र सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारी बताए ।

समाजको एक टोलीले प्रमुख जिल्ला अधिकारी सागर आचार्य र स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीलाई स्वास्थ्य र सुरक्षाका सामग्री हस्तान्तरण गरेका थिए । तनहुँको दमौली अस्पताल, व्यास नगरपालिकाद्वारा संचालित कृषि विकास बैंकको भवनमा रहेको सामुदायिक आइसोलेसन, बन्दिपुर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, पुरनडिहि अस्पताल र म्याग्देको कोभिड अस्पताललाई सो संस्थाले ती सामग्री उपलब्ध गराएको बताइएको छ ।

समाजले पिपिइ ३० थान, सेनिटाइजर १ सय थान, फेस शिल्ड १ सय थान, मास्क १ सय थान उपलब्ध गराएको नगरका सहसचिव रामचन्द्र अधिकारीले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker