आदिकवि भानुभक्त क्याम्पसमा अभिमुखिकरण

भञ्ज्याङन्यूज

आदिकवि भानुभक्त क्याम्पसमा त्रिवि, मानविकी तथा समाजशास्त्र संकाय अर्न्तर्गत स्नातकोत्तर तहमा एमए (समाजशास्त्र) विषयमा प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

मानविकी तथा समाजशास्त्र विभागका विभागीय प्रमुख बिमल गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख एवं क्याम्पसको मानविकी तथा समाजशास्त्र विभागका संस्थापक विभागीय प्रमुख तथा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले समाजको विहङ्गम अध्ययन तथा अनुसन्धान गर्ने एम एस समाजशास्त्रका विद्यार्थीहरुले बदलिँदो र विश्वव्यापीकरणको अङ्ग बनेको हाम्रो नेपाली समाजमा देखिएका नयाँ सामाजिक समस्या र अवसरहरूका बारेमा नयाँ शिराबाट अध्ययन अनुसन्धान गर्न लाग्नुपर्ने बताए ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले एमए समाजशास्त्रका नयाँ विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरूको दुइ वर्षको अध्ययन र अनुसन्धान कार्यलाई अत्यन्त सहज, फलदायी र सफल बनाउन क्याम्पसले यथासक्य सहयोग जुटाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमका सहभागी अतिथि र विद्यार्थीहरूलाई सहायक क्याम्पस प्रमुख सागर पौडेलले स्वागत गरेका थिए । क्याम्पसको आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विश्वेश्वर तिमिल्सिनाले क्याम्पसको शैक्षिक गुणस्तरका लागि विद्यार्थीहरूबाट गरिएका अपेक्षाहरूको विषयमा सहजिकरण गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरूलाई प्रथम सेमेस्टरको पाठ्यक्रम, कक्षाको रुटिन र मूल्याङ्कनको ढाँचाका प्रतिलिपिहरु वितरण गरिएको थियो । विद्यार्थीहरूलाई विषय प्राध्यापकहरू तिलबहादुर थापा, गजेन्द्र पौडेल, विष्णु हड्खले, राम खनाल र धनबहादुर थापाले आफूले अध्ययन गर्ने विषयहरूको पाठ्यक्रमको प्रबोधिकरण गरेका थिए ।

क्याम्पसले २०६३ सालदेखि एमए समाजशास्त्रको अध्ययन अध्यापनको व्यवस्था मिलाउँदै आइरहेको छ । एम ए समाजशास्त्रमा प्रथम सेमेस्टरमा १९ जना विद्यार्थीहरु रहेका छन्।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker