तनहुँको मानुङकोटमा पनि “बतास” : व्यासले सार्वजनिक जग्गा संरक्षण गर्ने
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोट क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि व्यास हिल्स प्रालिसंग सम्झौताको तयारी गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा विहीबार बसेको नगर कार्यपालिकाको बैठकले बतास समूहको व्यास हिल्स प्रालिसंग सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । निजी साझेदारी ऐन अनुसार नगरपालिकाले व्यास हिल्स प्रालिसंग सम्झौताका लागि आवश्यक प्रकृया अगाडी बढाउने तयारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देलले बताए ।
‘व्यास हिल्स प्रालिबाट पर्यटकीय प्रवर्द्धनका साथै उक्त स्थानमा रेस्टुरेन्ट र होटल संचालन सहितका अन्य कार्य गर्न करिव ५० वर्षको लागि प्रस्ताव पेश गरेको छ’, उनले भने, ‘प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसंग आवश्यक परामर्श गरी सम्बन्धित प्रस्तावकलाई प्रस्तावमा थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाइएको छ ।’
उक्त प्रालिले पाटनबाट मानुङकोटसम्म केबलकार, जिपलाइन, ग्लास पुल (सिसाको पुल), होटल, रिसोर्ट लगायत पर्यटकलाई आकर्षण गर्ने विभिन्न पर्यटकीय पूर्वाधार बनाउने प्रस्ताव गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । उनले भने, ‘प्रालिले मानुङकोटमा ४ अर्ब रुपैयाँको लगानी गर्ने गरी नगरपालिकामा प्रस्ताव पेश गरेको छ ।’

कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही सार्वजनिक जग्गा लिजमा दिन नगरपालिकासंग प्रस्ताव गरेको छ । कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको नगरपालिकाले जनाएको छ । बतास समूह पछिल्लो समय विभिन्न कारण विवादमा आइरहेको र भाइरल डाँडोको रुपमा परिचित मानङकोटको विकासमा पनि जोडिन आएको छ ।
यस्तै, नगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवं पर्यटन प्रबर्द्धनका लागि विभिन्न देशको प्रतिनिधित्व एवं पहिचान खुल्ने गरी प्रतिकात्मक संरचना निर्माण गर्ने भएको छ । नगरपालिकाले व्यास-१० स्थित शिशुवा भतेरीमा करिब एक हजार रोपनी क्षेत्रफल जग्गा उपलब्ध गर्राई डिप्लोम्याटिक गार्डर्ेेा लागि सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थासंग समन्वय गरी कार्य प्रारम्भ गर्ने योजना बनाएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए ।
यस्तै, बैठकले नगरपालिका कार्यालय अन्तरगतको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक खरिद योजना अनुमोदन गर्ने निर्णय गरेको छ । लागत सहभागिताका योजनाहरु माग भई आएका योजनाहरुमा वडागत एक योजना अनिवार्य पर्ने गरी छनोट गर्ने बैठकले निर्णय गरेको नगरप्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।
नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र तनहुँ, भेटेरिनरी अस्पताल तनहुँ, घरेलु तथा साना उद्योग विकास कार्यालय, नेपाल विउ व्यवसायी संघ जिल्ला समितिसँग सहकार्य गरी पुस ३० देखि माघ २ गतेसम्म दमौलीमा कृषि, पशुपंक्षी उपज प्रदर्शनी मेला सञ्चालन गर्ने र उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत गर्ने निर्णय बैठकले गरेको प्रवक्त श्रेष्ठले बताए। गण्डकी प्रदेश सिटिभिटी कार्यालय, पोखरासँगको सहकार्यमा कुक, पञ्चेबाजा, मोवाइल लगायतका तालिमहरु सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ ।
यस्तै कार्यपालिका बैठकले नगरपालिका भित्र सार्वजनिक जग्गा मिची घर टहरा बनाएको गुनासो आएकोले त्यस्ता घर टहराहरुको पहिचान गरी पन्ध्र दिन भित्र हटाउन लगाउने र नहटाएमा नगरपालिकाको तर्फाट घर टहरा हटाउने भएको छ । संघीय बजेट अन्तरगत आगामी आ.व. २०७९/८० का लागि समपूरक र विशेष योजनाहरुको विवरण राष्ट्रिय योजना आयोग मार्फत माग भइकाले विस्तृत अध्ययन प्रतिवेदन भएका योजनाहरुलाई यही पौष मसान्त भित्र राष्ट्रिय योजना आयोगमा पठाउने बैठकले निर्ण्र्ाागरेको छ ।










