स्थानीय निर्वाचन प्रक्रिया शुरु : भानुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँको भानु नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भानु नगरपालिका-२ फुस्रेटारमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले उद्घाटन गरेका छन् । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, भानुका निर्वाचन अधिकृत जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर, भानुका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय राजनीतिक दलको सहभागिता रहेको थियो ।

वैशाख ३० गते हुने भानु नगरपालिकाको निर्वाचनका सम्पूर्ण कार्य यसै कार्यालयबाट सम्पादन गरिने र मतगणना कार्य भानु-२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मतगणनाका लागि उपयुक्त स्थलका रुपमा हेरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker