मिजार समाज तनहुँको अध्यक्षमा रनसिं चयन

भञ्ज्याङ समाचारदाता/दमौली

मिजार समाज नेपाल तनहुँको चौथो जिल्ला अधिवेशनले रनसिं नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा म्याग्देकी फूलमाया नेपाली, सचिवमा भीमादका बाबुराम नेपाली, सहसचिवमा व्यासकी शर्मिला गैरे, कोषाध्यक्षमा व्यासकी पूर्णिमा नेपाली चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भानुका गणेश अच्छामी, भानुकै बलबहादुर नेपाली, भानुका तिला बस्याल र भानुका लक्ष्मी लोहनी अच्छामी लगायत ४१ सदस्यीय समिति चयन गरेको छ । बाँकी सदस्यमा मनोनित गरी बैधानिकता दिइने अध्यक्ष रनसिंले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष तीन, सहसचिव दुइ र सहकोषाध्यक्ष एक जना रहने छन् ।

गण्डकी प्रदेश सभा सदस्य दमन्ती रुचालले समाजको अधिवेशन उद्घाट गर्दै दलित समुदायले हक अधिकारका लागि अब बन्दुक बोक्न नपर्ने बताइन् । उनले हिजो जनयुद्धमा हक अधिकारका लागि बन्दुक बोकेर लड्न तयार भएपनि अबका दिनमा बन्दुक बोक्न नपर्ने भएको बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker