बाँझो बारीमा व्यावसायीक खेती गर्नेलाई अनुदान

भञ्ज्याङ समाचारदाता/कुरिनटार

कृषि उत्पादनलाई जोड दिदै आत्मनिर्भर बन्न प्रेरित गरिरहेको चितवनको इच्छाकामना गाउँपालिकाले लामो समयसम्म बाँझो राखिएको जमिनलाई उपयोग गर्ने नीति ल्याउने तयारी थालेको छ ।

जस अनुसार बाँझो जमिनलाई प्रयोगमा ल्याई उब्जाउ बनाई त्यसमा व्यावसायीक खेती गर्ने सामुहिक कृषि फार्महरुलाई अनुदान उपलब्ध गराउने गरी १ करोड रकम व्यवस्था गरिएको हो।

गाउँपालिकाले उक्त रकम विशेष गरेर कम्तीमा ३ वर्ष भन्दा बढि समयदेखि बाँझो रहेका जमिनलाई उपयोगमा ल्याइ व्यावसायीक खेती गर्ने समूहलाई प्रोत्साहित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले जानकारी दिए । यो अनुदान कम्तिमा पनि १० बिगाहा भन्दा बढि बाँझो जमिन आफ्नै वा भाडामा लिई व्यावसायिक खेती गर्ने कृषि समूहलाई उपलब्ध गर्राईने उनले बताए ।

‘यो अनुदान रकम कम्तिमा २ वा बढिमा ३ वटासम्म समूहलाई उपलब्ध गराउछौ’, उनले भने ‘अनुदान रकमबाट समूहले भाडा तिर्न, सिंचाई व्यवस्थापन गर्न, कृषि यन्त्र खरिद गर्न लगायतमा खर्च गर्न सक्नेछ ।’ अनुदान रकम वितरणको लागि गाउँपालिकाले यतिबेला कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको र छिट्टै पास गरेर कार्यान्यवन गरिने उनले बताए ।

यस्तै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकामा उपयोग विहिन हुँदै गैरहेको बाँझो जमिनको उपयोगमा जोड दिइ कृषि उत्पादनलाई बढावा दिने र युवाहरुलाई स्वदेशमै रही उत्पादनसँग जोड्ने प्रयास स्वरुप काम भैरहेको बताए । उनले भने, ‘हामी अधिकत्तम प्रयास गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाई कृषि उद्यमशील बनाउन लागिपरिरहेका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker