आयुर्वेद औषधालय भवन उद्घाटन

तनहुँको व्यास नगरपालिका–६ स्थित शिशाघाटमा नवनिर्मित शिशाघाट आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार एक कार्यक्रमका बीच औषधालय भवनको उद्घाटन गरेका हुन् ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट १ करोड ४१ लाख ३८ हजार ९८ रुपैयाँको लागतमा कम्पाउण्ड वाल सहितको शिशाघाट आयुर्वेद औषधालय भवन निर्माण भएको वडा अध्यक्ष एवं औषधालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले जानकारी गराए ।

औषधालयको आफ्न भवन निर्माणसंग आगामि दिनमा स्थानीय सेवाग्राहीलाई आयुर्वेद पद्धतीको उपचार सेवा लिन सहज हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे।










