भानुमा सार्वजनिक सुनुवाइ, सेवा सुधार्न नागरिकका सुझाव

भानु : तनहुँको भानु नगरपालिकाले बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले सञ्चालन गरेका विकास निर्माणका योजना, सार्वजनिक सेवा प्रवाह तथा विभिन्न शाखाबाट सम्पादन गरिएका कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रस्तुत विवरणमाथि सहभागी नागरिकले जिज्ञासा, सुझाव तथा गुनासा राख्दै विकास निर्माणलाई आवश्यकतामुखी बनाउन, सेवा प्रवाह सहज बनाउन तथा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । नागरिकका सुझाव तथा गुनासालाई आगामी योजना र कार्यक्रममा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको थियो ।

सार्वजनिक सुनुवाइले स्थानीय सरकारका कामकारबाहीबारे नागरिकलाई जानकारी गराउनुका साथै जनप्रतिनिधि र कर्मचारीलाई जवाफदेही बनाउन सहयोग पु¥याउँछ । नागरिकका गुनासा र सुझावलाई व्यवहारमै सम्बोधन गर्न सके विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker