लैंगिक समानताले मात्रै दिगो विकास हुन्छ : नगरप्रमुख न्यौपाने

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले लैंगिक समानताले मात्रै दिगो विकास हुने बताएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सोमबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजको विकासका लागि हरेक क्षेत्रमा लैंगिक समानताको खाँचो रहेको चर्चा गरे । ‘अधिकांश घटनाहरुमा महिलाहरु पीडित छन् तर अहिले पुरुषहरु पनि महिलाबाट पीडित हुने गरेका छन्’, उनले भने, ‘महिलाको अधिकारको मात्रै नभई महिला पुरुष बराबर भई समान अधिकारको लागि लड्यौ भने दिगो बिकासको बाटो जान्छौं ।’

‘हिजो छोरीले अंश पाउथेनन् तर आज छोरीले पनि अंश पाउँछन्, स्थानीय तहमा पनि ४० प्रतिशत महिला जनप्रतिनिधिको सहभागिता रहेको छ भने प्रमुख उपप्रमुखमा त झन् ५०/५० प्रतिशत सहभागिता छ’, नगरप्रमुख न्यौपानेले भने, ‘महिलाको अधिकार के हो भन्ने त हामी सबैले बुझेका छौ र अब महिलाहरुले पनि आफ्नो क्षमता र दक्षता अभिबृद्धि गरे आजको समयमा महिलाहरुलाई अगाडि आउन कसैले रोक्न सक्दैन ।’

सामाजिक विकास कार्यालय तनहुँले जिल्लाका महिला जनप्रतिनिधि, पालिकाका महिला तथा सम्बन्धित संघसंस्थाका प्रतिनिधिको सहभागितामा आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका १० वटै पालिकाका महिलाहरुको समेत प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी र अधिवक्त सरिता भण्डारीले सहजिकरण गरेका थिए । रेग्मीले समसामयिक मुद्दाहरुको अवस्था र ७ वटा शिर्षका मुद्दाहरु हर्ेर्ने र जिल्लामा आत्महत्याका घटना बढेको बताएका थिए ।

केही घटनाहरुको स्थलगत रिपोर्टिङ्गमा जाँदा स्थानीयले नै सूचना लुकाउँदा र प्रहरीलाई सहि सूचना नदिदा न्यायनिरुपणमा समस्य आउने गरेको बताए । उनले भने ‘यो समस्या समाधानका लागि समुदाय, स्थानीय तह र न्यायीक समितिले आ-आफ्नो तर्फबाट पहल गरिदिए सहजिकरण हुने र समुदायमा छनबिनका लागि प्रहरी पुग्दा सत्य कुरा बताएर सघाइदिनुभयो भने पीडितले समयमै न्याय पाउछन् ।’

यस्तै, अधिवक्ता भण्डारीले महिला तथा बालअधिकारका साथै पालिकाका न्यायीक समितिको क्षेत्राधिकारको बिषयमा सहजिकरण गरेकी थिइन् । उनले कानुनमा भएका महिला तथा बालबालिका सम्बन्धी व्यवस्थाहरु र न्यायीक समितिले अधिकारभित्रका मुद्दाको फछ्र्यौट र मेलमिलापका विषयमा जानकारी गराएकी थिइन् ।

उनले भनिन्, ‘अधिकांशलाई महिलाको अधिकार के हो भन्ने थाहा छ तर त्यो व्यवहारमा कत्तिको लागु भएको छ त्यो नि हेर्न जरुरी छ । अधिकार नपाएका महिलाहरुलाई उनीहरुको अधिकारका लागि सम्बन्धित निकायले पनि पहल गर्नुपर्ने आवश्यक देखिएको छ ।’

कार्यक्रममा तनहुँका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत महिलाको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले सम्पत्तिसंग सम्बन्धित अंश, हिंसापीडित महिला बालबालिकाहरुलाई आश्रयस्थल राहत तत्काल उपलब्ध गराउन कसरी सकिन्छ, जबरजस्तीकरणीका पीडितलाई कसरी न्यायनिरुपण गर्न सकिन्छ लगायतका विषयमा जिज्ञासा राख्नुका साथै आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, अझैपनि समाजमा महिलाहरुको मुद्दा दर्ता भएपनि अझै पनि न्याय पाउन गार्‍हो रहेको सामाजिक विकास कार्यालय तनहुँका सहायक सारदा गैरेले बताइन् । उनले भनिन्, ‘घरेलु हिंसामा मुद्दा दर्ता हुन्छन्, एकदिन लगेर थुनिदियो, महिलालाई फेरी त्यही घरमा फर्केर जानुपर््छ र पछि श्रीमान्ले किन प्रहरीकोमा गइस् भन्दै अझ बढि आक्रमण गर्ने अवस्था पनि दोहोरिएको छ ।’

कतिपय घटनामा महिलाहरु स्वारोजगार, शिक्षित नहुँदा पनि यस्ता हिंसाबाट पीडित हुनु परेको उनले बताइन् । उनले भनिन्, ‘समाजमा हिंसा र बालविवाह बढ्दो छ यसलाई न्युनिकरण गर्न प्रहरीको साथ सहयोग र जनचेतनाका कार्यक्रमहरुको आवश्यक छ ।’

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले शहर बजारमा मात्र नभई ग्रामीण क्षेत्रको कुना कप्चारामा रहेको महिलालाई उनीहरुको हक र अधिकारको लागि लड्न सिकाउनुपर्ने बताए । कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, आँवुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्याल, सामाजिक बिकास कार्यलय तनहुँका प्रमुख ध्रुव रिजाल, शुक्लागण्डकी नगरपालिकाका शाखा अधिकृत हिमा पोख्रेल लगायतले महिला अधिकारको विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker