दुई जिल्ला जोड्ने निर्माणाधिन पक्कि पुल

तनहुँ र पाल्पा जिल्लालाई जोड्ने गरी कालीगण्डकी माथी निर्माण गरिदै गरिएको पक्कि पुल । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर–१ स्याउली बजार जोड्ने गरी निर्माण गरिएको पुल अन्तिम चरणमा पुगेको छ ।

आउँदा फागुन मसान्तसम्म सक्ने गरी पुलको रेलिङ, फुटपाथ, एक्सपेन्सन जोइन्ट, ग्याविन, एप्प्रोज रोड लगायतका निर्माणका कामलाई तीब्र पारिएको छ ।

तस्विर : भञ्ज्याङ










