व्यास नगरपालिकाले आगामि तीन वर्षको आवधिक योजना निर्माण गर्ने

भञ्ज्याङ समाचारदाता दमौली
तनहुँको व्यास नगरपालिकामा जनप्रतिनिधि आएपछि बिगत तीन वर्षमा भएका कार्यप्रगति समिक्षा गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैकठले बिगतमा भएका कार्यक्रमका समिक्षा रहेको हो । कार्यपालिका बैठकले आगामी तीन वर्षका लागि आवधिक योजना निर्माण गर्ने निर्णय समेत गरेको छ । उक्त आवधिक योजना तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको प्रवक्ता एवं वडा नं. ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
यस्तै, बैठकले व्यास नगरपालिका टोल विकास संस्था कार्यविधि २०७७, व्यास नगरपालिका स्लेट ढुङ्गा उत्खनन एवं कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ संशोधन तथा पारित गरेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताए ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक खरीद योजना र नदीजन्य ढुङ्गा, बालुवासम्बन्धी आइइ प्रतिवेदन स्वीकृत समेत गरेको छ । विपद्बाट नोक्सान पुगेको यातायात, खानेपानी, सिंचाइ लगायत बाँकी पुनःस्थापनालाई निरन्तरता दिने बैंठकले निर्णय गरेको प्रवक्त श्रेष्ठले जानकारी गराए ।
व्यास-१० स्थित गौसंरक्षण केन्द्रमा प्राङ्गरिक मल उद्योग सञ्चालन गर्न आवश्यक व्यवस्थापन गर्नका लागि कार्य अघि बढाउने निर्णय गरेको बैठकले शहरी क्षेत्रबाट संकलित पुनःप्रयोगमा आउने फोहोरलाई व्यास-१ स्थित कुञ्छाली टोल अन्तरगत विसर्जन गर्न सहयोग पुर्याउने जग्गा दाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
कोभिड-१९ संक्रमण जोखिम बढेकाले सावधानी अपनाउन आग्रह
यस्तै, रोटरी क्लव नेपालले व्यास नगरपालिकालाई कोभिड-१९ संक्रमण परीक्षणका लागि पीसीआर परीक्षण गर्ने मेशिन हस्तान्तरण गर्ने भएको बैठकमा जानकारी गराइएको थियो । कोभिड-१९ को प्रभाव विस्तारित हुँदै गएकाले सम्पूर्ण नगरबासीलाई सचेत र सावधानीपूर्ण तवरले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध बैठकले गरेको छ । यस्तै बाहिरबाटट व्यास नगरपालिकामा आउनु हुने नगरबासिलाई सुरक्षित होम क्वारेन्टिनमा बस्न, सुरक्षित होम क्वारेन्टिन नभएमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा न्यूनतम १४ दिन बस्न नगरपाकिाले अनुरोध गरेको छ । यदि कोही व्यक्तिमा संक्रमणको शंका भएमा पीसीआर परीक्षणका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।










