खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम : कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आउनुभएको थिए ।
साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा साँझ ५ः०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
मृतकको शव शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker