देवघाटको वडा नं. ५ को रातामाटे गाउँ सुन्दरबस्ती नमुना गाउँ
भञ्ज्याङ समाचारदाता (देवघाट)

तनहुँको देवघाट गाउँपालिकाले वडा नं. ५ को रातामाटे गाउँमा सुन्दरबस्ती नमुना गाउँ कार्यक्रम शुभारम्भ गरेको छ । गाउँपालिकाको एक वडा एक नमुना गाउँको अवधारणा अनुसार अध्यक्ष दुर्गबहादुर थापा र वडा नं. ५ का अध्यक्ष याल बहादुर गुरुङले संयुक्त रुपमा नमुना गाउँ कार्यक्रम शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले देवघाट गाउँपालिकामा बिकासले फड्को मारेको बताउदै भौतिक बिकास मात्र नभई क्षमाता र चेतानको बिकास पनि भएको बताए । अध्यक्ष थापाले गाउँपालिका भित्रका ५ वटा नमुना गाउँ बीचको छिटै अन्तरक्रिया कार्यक्रम गरी एक अर्को गाउँमा अवलम्बन गरिएका नमुना कार्यक्रमका अनुभवहरु आदनप्रदान गरिने बताए ।
प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष याल बहादुर गुरुङले वडाका २१ वटा टोल विकास संस्थाहरु बीचको रातामाटे सुन्दरबस्ती नमुना बस्ती बन्न सफल भएको बताए । उनले आगामी दिनहरूमा बिकासको कार्यमा सबै टोलबिकास संस्थासंग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष पदम बहादुर गुरुङले हाम्रा गाउँबस्ति आफैमा नमुना भएको चर्चा गर्दै यी गाउँबस्तिको आवश्यकता पहिचान गरी सोही अनुसार कार्यक्रम गरी नमुनाबस्तीका रुपमा विकास गर्नुपर्ने बताए ।
उक्त अवसरमा देवघाट गाउँपालिका नेकपा सचिव केशवचन्द्र न्यौपानेले देवघाट गाउँपालिकाले मात्रा होइन सम्पूर्ण टोल बिकास संस्थाहरुले नमुनाबस्तीको रुमपा लिनुपर्ने बताए । इच्छा शक्ति र संकल्प लिएर अगाडी बढ्यो भने असम्भव भन्ने केही नभएकाले सबै सकरात्मक भएर विकासका क्रियाकलाप अगाडि बढाउनुपर्ने उनले बताए ।
रातामाटे सुन्दरबस्ती नमुना गाउँका अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेम बहादुर गुरुङ, वडा सदस्य ठाकुरकुमारी काफ्ले, टुकनाथ अधिकारी, देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी साझेदारीका अध्यक्ष होम बहादुर भाराती, रातामाटे सुन्दरबस्ती क्लबका अध्यक्ष हर्क बहादुर मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।