नेकपा र तनहुँमा चौथो महाधिवेशनको प्रवेश

शम्भु बहादुर अधिकारी

२००६ साल बैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो । विश्वब्यापी रुपमा जनबादी आन्दोलन र समाजवादी आन्दोलन तीब्रगतिमा अगाडि बढीरहेको थियो । त्यस्को प्रभाव नेपालमा पनि पर्यो। ४ जना ब्यक्तिहरु पुष्पलाल, नर बहादुर कर्माचार्य, नारायण बिलास जोसी र निरञ्जन गोविन्द बैद्य संस्थापक सदस्य थिए भने पुष्पलाल संस्थापक महामन्त्री चुनिए। आज नेपाली कम्युनिष्ट आन्दोलनमा पी एललाई मात्र उद्धार गरेर बाँकी संस्थापक सदस्यहरुलाई ओझेलमा पारी रहेका छौ । त्यसलाई हामीले सच्याएर उनीहरुको पनि सम्मान गर्नु पर्छ । जन्मना साथ पार्टी भीत्र अन्तरबिरोधहरु देखा प¥यो र मनमोहन अधिकारी महामन्त्री बने ।
२००८ सालमा भएको सरकार बिरोधी आन्दोलनमा बामपंथिको हात रहेको भनि नेकपालाई प्रतिबन्धित गरियो । मनमोहनले टंक प्रसाद मार्फत राजाका समक्ष प्रतिबन्ध हटाउन एउटा निवेदन चढाए। जस्मा यो भनिएको थियो कि राजाको बैधानिक अधिनायकत्वमा समाजबादको प्रचार प्रसार गरिने बचनबद्धता जाहेर गरिएको थियो । यहिंबाट राजतन्त्रबादी कम्युनिज्मको उदय भएको थियो । २०१३ मा प्रतिबन्ध हटेपछि खुला रुपमा महाधिवेशन भयो । राजाले संबिधान सभाको माग फिर्ता लिंदा कम्युनिस्ट कांग्रेसले त्यस्को बिरोध गरेनन् र राजाले दिएको २०१५ को संसदीय निर्वाचनमा सबै दलले भाग लिए । कम्युनिस्टले ४ सिट मात्र जित्यो भने कांग्रेसले ७५ सिट जितेर सरकार बनायो । राजाले त्यो सरकारलाई देश, काल परिस्थिति अनुकूल नभएको र देश राष्ट्रिय संकटमा परेको भन्ने बहानामा सरकार बिघटन र दललाई प्रतिबन्ध लगाइ निर्दलीय पञ्चायत ब्यबस्था लागु गरियो ।
नेताहरु जेल परे र बाँकी नेता भारत पलायन भए । दलहरु एक प्रकारले नेत्रृत्व बिहिन जस्ता भए । आपातकालीन दरभंगा बिस्तारित बैठक बस्यो । छलफलका बिषयहरुः बिघटित संसदको पुनःथापना, संबैधानिक राजतन्त्र सहितको संसदको स्थापना र संबिधान सभाको नारा थियो । संबिधान सभाको नारा एमबी सिंहले दिएका थिए तर उनी जेलमा नै थिए । संबिधानसभाको बहुमत भएपनि नेतृत्व राजाबादीकै हातमा प¥र्यो । खास निर्णय भएन र तृतीय महाधिवेशन गर्ने निर्णयका साथ केन्द्रीय नेत्रृत्व आ–आफ्नो जिम्माका काम लियेर पार्टीको काममा लागे ।
२००६ सालमा गौरी प्रधान र २००८ मा पुष्पलाल बन्दीपुर आएका थिए । त्यही बेला बन्दीपुरमा पहिलो जिल्ला कमिटी गठन गरेको पाइन्छ र कृष्णलाल प्रधान सचिवमा छानिएका थिए । तनहुँ ऋषिङ्का तुलसीलाल श्रेष्ठको नेत्रृत्वमा लक्ष्मी प्रसाद उपाध्याय, पीताम्बर रानाभाट, शिवलाल गुरुङ लगायतको नेकपा तनहुँ गठन भएको पनि पाइन्छ । तनहुँ ढोरका तोप बहादुर महत सचिव रहेको कमिटी पनि गठन गरेको पाइन्छ । बन्दीपुरलाई आधार मानेर तनहुँमा कम्युनिस्ट आन्दोलन सुरु भएको थियो । २००७ मा बन्दीपुरको बिद्रोहमा कुसुमपानीका चन्द्र सार्की, तनहुँसुर हटियाका धर्मराज श्रेष्ठ र उत्तर कुमार, तनहुँसुर चन्देनिका बसन्त बहादुर, बसन्तपुरका खडग बहादुर राना, पुलिमयाङ्गका धर्मध्वज गुरुङले राणा शासनका बिरुद्ध सहादत प्राप्त गरेका थिए । भारतीय सेनाको सुबेदार पद छाडेर जामुने मानुङका एकदेब आले कम्युनिस्ट आन्दोलनमा सरिक भएका थिए। आलेको नेतृत्वमा दमौली पाटनको जमिन्दारको जमिन भूमिहिन किसानलाई वितरण गरेर क्रान्तिकारी कदम चालेका थिए । २०१० को नेकपाको प्रथम  महाधिवेशनमा तनहुँबाट प्रतिनिधिका रुपमा कृष्णलाल प्रधान र तुलसी प्रसाद श्रेष्ठ गएका थिए ।
२०१४ सालमा द्वितीय महाधिवेशनमा कृष्णलाल, लक्ष्मी प्रसाद उपाध्याय र तुलसी प्रसादले भाग लिएका थिए । २०१५ सालको संसदीय चुनावमा एकदेव आले र तुलसीप्रसादले भाग लिएका थिए। २०१७ सालमा राजाले संसद बिघटन गरी दलप्रति प्रतिबन्ध  लगाए । पञ्चायती ब्यबस्था निर्मम हुँदै गएको थियो । आकस्मिक रुपमा बसेको दरभंगा प्लेनमले खास निष्कर्ष निकाल्न नसकेकोले २०१९ मा तृतीय महाधिवेशन बोलाइयो । पी एल र टी एल बीच कार्यदिशा बारे बिबाद भयो। बिघटित संसदको पुनःथापना गर्ने कि राष्ट्रिय प्रजातन्त्र वा सर्वसत्ता सम्पन्न संसदको स्थापना गर्ने बिषय छलफलको केन्द्रमा थियो । पहिलाको ब्याख्याता पी एल थिए  भने दोस्रोको टी.एल. थिए । तर जब टी एलको कार्यदिशा पारित भएर उनी नै महामन्त्री बने आफ्ना ६ जना साथीहरु लिएर पी एल पार्टीबाट बाहिरिए। पी एल महासचिव हुन चाहन्थे । पी एलले २०२५ सालमा छुट्टै तृतीय महाधिवेशन गरेर जनबादी क्रान्तिको कार्यदिशा पारित गरेर उनी आफै महामन्त्री बने ।
यसरी बिधिबत रुपमा पी एलले एकीकृत नेकपा फुटाए । तर युवा क्रान्तिकारीहरु संशोधनबाद, दक्षिणपंथी अबसरबाद, मध्यपंथि अबसरबाद र अराजकताबादको बिरुद्ध सशक्त क्रान्तिकारी संघर्ष चाहन्थे । त्यति नै बेला २०२८–२०३० को दशकमा झापाली समूह र केन्द्रीय न्यूक्लस संघर्षका लागि अगाडी आए । क्रान्तिको लागि बहिष्कारबादीहरु स्कूल, कालेज, विश्वविद्यालय छाडेर जनबादी संघर्षमा लागे । तनहुँका क्रान्तिकारी युवाहरु पनि त्यहि आन्दोलनमा लागेका थिए । जस्तै राम बहादुर अधिकारी, रामप्रसाद, कृष्ण आचार्य, छबी ढकाल, शेषमणी, रामराज, रामचन्द्र बस्नेत आदि थिए । जस्लाई अति गोप्यबादी समूह भनेर पनि चिनिन्थ्यो। को केका साथीहरु तनहुँमा २०३४÷३५ तिर देखिन थालेका थिए, तिनिहरुमा टुकराज, केशबलाल र बिक्रम थापा थिए । तनहुँमा पी एल समूह सानो हुँदै थियो । रायमाझी समूह, मानन्धर समूह र सर्बहारा श्रमिक समूह पनि जिवितै थियो । तर युवा क्रन्तिकारीहरु सशस्त्र संघर्षबिना क्रान्ति सम्भव छैन भन्ने बिचारबाट प्रेरित भएर तनहुँ जिल्लाबाट पोखरा, काठमाण्डौ र भारतमा रहेका क्रान्तिकारी युवकहरु नेपालको बामपंथि आन्दोलनबाट प्रभावित थिए ।
गण्डकी विद्यार्थी परिषद र अनेरास्वबियूमा संगठित युवाहरु क्रान्तिकारी पार्टीको सम्बन्धमा आए । प्रायः कोके र केन्द्रीय न्यूक्लसमा ठूलो मात्रामा क्रान्तिकारी  युवाहरु भर्ति भएका थिए। मूलतः उनीहरु दक्षिण पंथि अबसरबाद, संशोधनबाद, सारसंग्रहबाद र अतिवादका बिरुद्ध संगठित हुँदै सामन्तवादी सत्ताको सट्टा जनबादी ब्यबस्था कायम गर्न चाहन्थे ।
शम्भु बहादुर अधिकारी र मुरलीमोहन काफ्ले, राधेश्याम कमारो मार्फत निर्मल लामाको संबन्धमा आए र उनीहरुले उनैबाट चौथो महाधिवेशनको सदस्यता प्राप्त गरे । इन्द्र बहादुर अधिकारी र मुक्तिनाथ खनाल पोलिट ब्यूरो सदस्य खम्बा सिंहसंग चौथो महाधिवेशनको सदस्यता लिएका थिए। अब तनहुँमा चौमको संगठन बन्ने बाताबरण तैयार भयो । यसरी २०३२ साल माघ २२ गते खम्बासिंहको उपस्थितिमा नेकपा(चौम) जिल्ला संगठन समिति बन्यो । समितिका सेक्रेटरी शम्भु बहादुर अधिकारी  छानिए। आपत्कालिन अबस्थामा निर्णय गर्ने अधिकार शम्भु बहादुर र मुक्तिलाइ दिइएको थियो । तनहुँका माध्यमिक विद्यालयहरुमा अनेरास्वबियूका इकाइहरु गठन भए । युवा, किसान, महिला, शिक्षक संघहरु पनि निर्माण भए। चौमको बिस्तार जामुने, आँबुखैरेनी, बन्दीपुर, डुम्रे, पुर्कोट, किहुं, चन्द्रावति, भन्सार, तनहुँसुर, ढोरफीर्दि, म्याग्दे, खैरेनीटार, भिमाद र किहुँसम्म भैसकेको थियो ।
तनहुँबाट (जामुने)नै दस्तावेजहरु र सर्कुलरहरु गोर्खा, मनाङ, लमजुङ र कास्कीसम्म बितरण हुन्थ्यो । बाचस्पति देबकोटाको पनि संगठन निर्माणका लागि ठूलो योगदान दिएका थियो । २०३४ मा राजतन्त्र बिरोधी पर्चा छर्दा बिश्व बहादुर अधिकारी र शम्भु बहादुर अधिकारी भूमिगत हुनु पर्यो । २०३६÷३७ तिर सत्रसय फांटमा मोही आन्दोलन सफल भयो । २०४६ को दमौली र शुक्लागण्डकीको गलैंचा आन्दोलन भने दमन गरियो। २०४२ मा तत्कालीन मशालका शम्भु बहादुर, चन्द्र थापा र मुक्ति खनाल बमकाण्डमा गिरफ्तारीमा परे र छ महिना पछि उनीहरु रिहा भए । २०३८ सालमा मुरलीमोहन काफ्ले मानन्धर समूहमा प्रवेश गरे ।
२०३६ सालमा कामरेड खम्बासिंहको उपस्थितिमा जामुनेमा नेकपा तनहुँको प्रथम जिल्ला सम्मेलन भयो । उक्त सम्मेलनले शम्भु बहादुर अधिकारीको नेतृत्वमा जिल्ला समिति बन्यो जस्मा मुक्तिखनाल, इन्द्र बहादुर, मुरलीमोहन, कल्याण अधिकारी, चन्द्रकान्त भण्डारी, अमर थापा, बालकृष्ण श्रेष्ठ, अशोक लम्साल, मान बहादुर कार्की र तिल बहादुर गुरुङ थिए । संगठन र संघर्ष अगाडि बढ्ने प्रक्रियामा थियो । पी एल र मालेसंग यो पार्टीको कुनै सम्बन्ध थिएन । चौमलाई तत्कालिन मालेले दक्षिणपंथी अबसरबादी भन्दै आफू बढी क्रान्तिकारी भएको देखाउन चाहन्थ्यो । चौमको कमजोरी यो थियो कि उसंग पूर्णकालिक सदस्य थिएनन् । ३५÷३६ को विद्यार्थी आन्दोलनले राजालाई जनमत संग्रह घोषणा गर्न बाध्य पार्यो । चौमले बहुदलीय ब्यबस्थाको पक्षमा मत खसाल्यो भने तत्कालिन मालेले पञ्चायतलाई मत खसाले चाडो बहुदल आउँछ भन्ने निष्कर्ष निकाले र या त जनमत संग्रह बहिष्कार गरे या निर्दलीय मत खसाले । सुधारिएको निर्दलीय ब्यबस्थाले जित्यो ।
तर पञ्चायत बिरुद्ध निरन्तर संघर्ष जारी रह्यो । त्यसरी नै २०३८ सालमा तनहुँ जामुनेमा नेकपा (चौम)को दोस्रो जिल्ला सम्मेलन भयो । सम्मेलनले शम्भु बहादुर अधिकारीलाई सेक्रेटरी बनाइ निम्नानुसार सदएयहरु छानिए । मुक्ति खनाल, इन्द्र बहादुर अधिकारी अशोक लम्साल, कल्याण अधिकारी, कृष्ण घिमिरे, अमरथापा, मान बहादुर कार्की, चन्द्र भण्डारी, तिल बहादुर गुरुङ, प्रेम प्रकाश ढकाल, ऋषिराम भट्टराइ समेतको जिल्ला कमिटी बन्यो । इन्द्र मोहन सिग्देल पनि त्यस पार्टीमा समाहित भए । पछि ऋषिराम भट्टराइ एमालेमा प्रवेश गरे ।
तनहुँमा सर्बहारा श्रमिक संगठनमा भीमप्रसाद, रामनाथ अखिल, गुणनीधी, शुक्र कुमार श्रेष्ठ कृयाशिल थिए । २०४० मा चौम २ समूहमा बिभाजित भयो । चौम र मशाल । तनहुँ जिल्ला पूरै मशालको पक्षमा उभियो । २०४१ मा तनहुँको नेकपा मशालको तेस्रो जिल्ला सम्मेलन काजीबाको उपस्थितिमा सम्पन्न भयो । शम्भु बहादुर अधिकारी सचिव रहेको जिल्ला समिति बन्यो जस्मा मुक्तिखनाल, इन्द्र बहादुर अधिकारी, मान बहादुर कार्की, अशोक लम्साल, कृष्ण घिमिरे, बालकृष्ण श्रेष्ठ, प्रेम प्रकाश, कल्याण अधिककरी, अमर थापा, तिल बहादुर गुरुङ, इन्द्र मोहन आदि संलग्न थिए । ५औं महाधिवेशनमा प्रतिनिधिका रुपमा शम्भु बहादुर अधिकारी र पर्यवेक्षकका रुपमा इन्द्र मोहन सिग्देल छानिएका थिए ।
२०४२ को बमकाण्डमा तनहुँबाट पनि मशालका साथिहरु गिरफ्तारिमा परेका थिए । २०४६ सालको आन्दोलन बाम कांग्रेस गठबन्धनले सुरु गरेको थियो भने गणतन्त्रबादीहरुले संयुक्तराष्ट्रिय  जनआन्दोलन संयोजन समिति गठन गरी गणतान्त्रिक  आन्दोलन गरेका थिए । जुन चरम रुपमा अगाडी बढीरहेको थियो । तर राजाले बाम कांग्रेस मोर्चासंग सम्झौता गरी संबैधानिक राजतन्त्र र बहुदलीय ब्यबस्था घोषणा गरे। यस्ले गर्दा गणतान्त्रिक आन्दोलन पछाडी पर्यो । बैधानिक मञ्चमा काम गर्न पार्टीले संयुक्त मोर्चा बनाएको थियो र त्यस्का संयोजक शम्भु बहादुर अधिकारी थिए । मोर्चा संसदीय ब्यबस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भन्दै बहुदलीय ब्यबस्थाको भण्डाफोर ग¥यो । त्यस पार्टीले देशभरबाट ९ सीट जित्यो। तर त्यो बेलासम्म पार्टीको नाम एकता केन्द्रमा परिणत भै सकेको थियो । त्यसले सशस्त्र संघर्षमा जाने निर्णय गरी सकेको थियो ।
२०४८ सालमा नेकपा चौम परिबर्तित रुप एकता केन्द्रको तनहुँ जिल्ला सम्मेलन २ दिन लगाएर बन्केवा रातामाटामा भव्यताका साथ सम्पन्न गर्यो । बिशेष अतिथिका रुपमा देब गुरुङ र राम बहादुर थापा थिए । सम्मेलनले सशस्त्र संघर्षमा जाने निर्णय गर्यो । सोही अनुसारको जिल्ला कमिटी गठन गरियो । १६ बर्षसम्म सेक्रेटरी रहेका शम्भु बहादुर अधिकारी जिल्ला सदस्यमा रहे भने सेक्रेटरीमा इन्द्र मोहन सिग्देल  बनाइए । जिल्ला सदस्यहरुमा शम्भु बहादुर अधिकारी, हरिचुमन, कृष्ण घिमिरे, शोभाकान्त, पुननारायण श्रेष्ठ, ईश्वर गौली, श्रीराम घिमिरे, तिल बहादुर गुरूङ, इन्द्र बहादुर अधिकारी, कल्याण अधिकारी, मान बहादुर कार्की, अशोकलम्साल, अमर थापा, चन्द्र भण्डारी, बालकृष्ण श्रेष्ठ, लगायतको कमिटी बन्यो ।
त्यसले सशस्त्र संघर्षको तयारी ग¥यो। एकता केन्द्रको महाधिवेशनले दुस्साहसबाद, दक्षिणपंथी अबसरबाद, मध्यपंथि अबसरबादका बिरुद्ध बैचारिक र ब्यबहारिक रुपमा दीर्घकालीन सशस्त्र संघर्षको लागि संसदीय बहुदलीय ब्यबस्थाका बिरुद्ध ब्यापक भण्डाफोर ग¥यो । ४० बुंदे माग सहित राष्ट्रियता, जनतन्त्र  र जनजीबिकाको लागि यदि माग पूरा नभए संघर्षमा जाने निर्णय संयुक्त जनमोर्चा मार्फत ग¥यो। पुरानो संगठनमा टेकेर तत्कालीन माओबादीले २०५२ साल फागुन २ गते सशस्त्र संघर्ष सुरु ग¥यो । ४० बुंदे मागमा ९ बुंदा त भारतसंग संबन्धित थिए । जुन माग पुरा भए नभएको बारे पुनरबलोकनको आवश्यकता छ । सशस्त्र संघर्षमा जाने पार्टीको निर्णय भएपछि मुक्ति खनाल लगायतका साथिहरु एमालेमा प्रवेश गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker