सम्पादकीय : व्यास क्षेत्रको प्रवर्द्धन गरौं

वेदव्यासले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको स्थान भनेर दमौलीलाई चिन्ने गरिन्छ । हिन्दुधार्मालम्बिमा महाभारत, चारवेद र अठार पुराणको जुन महत्व र धार्मिक आस्था जोडिएको छ तर यसको रचना गरिएको स्थान भने ओझेलमा छ । तनहुँको दमौली स्थित व्यास परासर क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास हुनुपर्ने हो । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गसंगै रहेको व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रलाई धार्मिक आस्थाका पर्यटक आकर्षित गर्न सकिने अवस्था रहेपनि यो क्षेत्र बत्तिमुनीको अध्यारो जस्तै बनेको छ । व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपर प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थल रहेपनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन । व्यास जन्मिएको स्थान, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो । तर त्यसो हुन सकिरहेको छैन । जनस्तरबाट यो ठाउँको प्रचार प्रसार र प्रवद्र्धन गर्ने केही प्रयास सुरु भएका पनि छन् । तर, यो प्रयाप्त हुन सकेको छैन । यो क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धनमा जबसम्म राष्ट्रियस्तरबाट आवश्यक पहलकदमी हुँदैन तबसम्म बत्तिमुनीको अध्यारो जस्तै रहने अवस्था देखिएको छ ।

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित १०८ फिट अग्लो व्यासको मूर्ति बनाउन आवश्यक पूर्वाधार निर्माण थालिएपनि यो कार्यले पनि गति लिन सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई मूर्ति अड्याउने स्तम्भ निर्माणको काम बाहेक अन्य काम अगाढि बढेको छैन । तनहुँको सदरमुकाम दमौली वरपरको क्षेत्रमा घुम्न लायक थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर यहाँ पर्यटकलाई अझै आकर्षित गर्न सकिएको छैन। पर्यटकीय नगरी बन्दिपुरदेखि प्रदेशको राजधानी पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा घुम्ने वातावरण बनाउन सकिएको छैन । व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्न मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर मादी र सेती नदीको संगमस्थल पराशर क्षेत्र पुग्छन् । नजिकैको तनहुँ जलविद्युत आयोजनाले यस क्षेत्रमा आकर्षण थपेको छ । यस ठाउँ वरपर घुम्ने गन्तव्य धेरै छन् । दमौली आसपास पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिने क्रम पनि जारी छन्। दमौली बजार छर्लङ्ग देखिने मानुङकोट यहाँको पर्यटकीय गन्तव्यमध्ये एक हो । कोभिड–१९ को बन्दाबन्दीमा यहाँ एकैदिन हजारौ पर्यटक पुगे । मानुङकोटबाट देखिने कुहिरो र नागबेली परेर बग्ने मादी नदीको पृष्ठभूमिमा देखापर्ने पहाडको तरेली र हिमश्रृङ्खला यहाँको थप आकर्षण स्थल हो । दमौलीको शीर बनेर ठडिएको मानुङकोटको पनि जुन रुपमा प्रवद्र्धन हुनुपथ्र्यो त्यो हुन सकेको छैन्। धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपले निकै महत्वपूर्ण दमौली क्षेत्र उचित प्रचारप्रसार र आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेका छन् । व्यास भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रमहरु भइरहेपनि प्रयाप्त हुन सकेका छैनन् ।

व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन अब स्थानीय सरकारसंगै जनस्थरबाट समेत जागरुक हुनुपर्ने देखिन्छ । व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन पहल गर्नुपर्ने देखिन्छ । व्यास पराशर क्षेत्रको प्रवर्द्धनमा व्यास नगरपालिकाले पनि आवश्यक पहल गरेको त छ तर त्यो प्रयाप्त भएको देखिदैन । व्यासको जन्मका विषयमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरबाट करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ । सेती, मादी, बुल्दी, गुणादी र छाब्दी यी पाँच नदीको संगमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि रहेको बताइन्छ। यो तपोभूमिको उचित प्रवद्र्धन गरी धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न हामी सबैको हातेमालोको खाँचो देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker