तनहुँमा दुइ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा दुइ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा दुइ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा देवघाट गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा आँबुखैरनी गाउँपालिका-६ का ४० वर्षीय पुरुषमा संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु सम्बन्धित अस्पतालमा उपचाररत छन ।










