आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र शिक्षा र दलको भूमिका विषयक विचार गोष्ठी

दमौली : बदलिँदो राष्ट्रिय तथा वैश्विक परिवेशमा राजनीतिशास्त्र शिक्षाको आवश्यकता, राजनीतिक दलको भूमिका र सुशासनको विषयमा केन्द्रित एकदिने विचार गोष्ठी दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सम्पन्न गरिएको छ ।

आदिकवि भानुभक्त क्याम्पस र पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोसन) को संयुक्त आयोजना तथा एकदेव आले स्मृति प्रतिष्ठानको सहआयोजनामा आयोजित ‘राजनीतिशास्त्र शिक्षाको आवश्यकता र महत्व : बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका’ विषयक गोष्ठीमा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका प्रमुख प्रा.डा. ईश्वरीप्रसाद कँडेलको सहभागिता रहेको थियो ।

पोसनका अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षता तथा महासचिव मिलन आलेले सहजिकरण गरेको गोष्ठीमा सहप्राध्यापक डा. महेन्द्र सापकोटा र राजनीतिशास्त्रमा विद्यावारिधि अध्ययनरत तिलकुमारी पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. सापकोटाले पूर्वीय तथा पाश्चात्य राजनीतिक चिन्तक कौटिल्य, बुद्ध, गान्धी, प्लेटो, एरिस्टोटल र माक्र्सका विचारको समकालीन सान्दर्भिकता प्रस्तुत गर्दै २१औँ शताब्दीमा राजनीतिशास्त्र केवल सैद्धान्तिक अध्ययनमा सीमित नरही कृत्रिम बुद्धिमत्ता (एआई) शासन, डिजिटल राजनीति, डिपफेक र तथ्याङ्कमा आधारित सार्वजनिक नीतितर्फ उन्मुख भएको बताए । उनले आदिकवि भानुभक्त क्याम्पसलाई राजनीतिशास्त्र शिक्षण तथा नीति अनुसन्धानको ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव पनि राखे ।

अर्की कार्यपत्र प्रस्तोता तिलकुमारी पौडेलले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा राजनीतिक दलहरू वैचारिक राजनीतिभन्दा निर्वाचन र कार्यसम्पादनमुखी अभ्यासतर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै उत्तरदायी, पारदर्शी र सहभागितामूलक शासन प्रणालीलाई दलहरूले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन ।

गोष्ठीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाविद्, प्राध्यापक तथा समाजसेवीहरूले कार्यपत्रमाथि धारणा राख्दै लोकतान्त्रिक संस्कार, सुशासन र राजनीतिशास्त्र शिक्षाको सुदृढीकरणमा जोड दिएका थिए ।

उक्त अवसरमा …तनहुँ घोषणापत्रÚ सार्वजनिक गरिएको थियो। घोषणापत्र लेखन समितिका संयोजक प्रा.डा. राजेन्द्र चापागाईंले घोषणापत्र प्रस्तुत गरेका थिए । समितिमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. भीमनाथ बराल र उपप्राध्यापक गिरीधारी सुवेदी सदस्य रहेका थिए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले प्रमुख अतिथि, कार्यपत्र प्रस्तोता तथा घोषणापत्र तयारी समितिका पदाधिकारीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। सो अवसरमा सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत र एकदेव आले स्मृति प्रतिष्ठानकी अध्यक्ष मनुमाया श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

गोष्ठीमा संविधानसभा सदस्य पेम्बा शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोला, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कँडेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय राजेन्द्रकेशरी न्यौपाने र अतेन्द्रकेशरी न्यौपाने, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले कार्यपत्रमाथि धारणा राखेका थिए।

यसैगरी व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर सभापति चूडामणि दाहाल, व्यास नगरपालिका–५ का वडा अध्यक्ष विष्णु श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, एकदेव आले स्मृति प्रतिष्ठानका पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि तथा प्राध्यापकहरूले पनि बदलिँदो परिवेशमा राजनीतिक दलले आफ्नो भूमिका सुधार्नुपर्नेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker