पत्रकार नेपालीमाथि अस्पतालका डाक्टरबाट भएको दुर्व्यवहारको महासंघद्वारा खेद व्यक्त

दमौली : नेपाल पत्रकार महासंघ तनहुँले शाखाका पूर्व उपाध्यक्ष एवं जनचाहना न्युज डटकमका कार्यकारी सम्पादक एसवि नेपालीमाथि प्रदेश अस्पताल दमौलीका डाक्टरबाट भएको दुर्व्यवहारप्रति खेद प्रकट गरेको छ ।

अस्पतालमा बिरामी सङ्ख्या बढिरहेको सन्दर्भमा मंगलबार समाचार सङ्कलनमा पुगेका पत्रकार नेपालीको मोवाइल खोसेर अस्पतालका डा. निराजन पन्थले अडियो डिलिट गरी गरेको दुव्र्यवहारप्रति महासङ्घ शाखाले खेद प्रकट गरेको हो ।

शाखाका सचिव कृष्ण न्यौपाने जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘समाचार सङ्कलन गर्नुपूर्व पत्रकार नेपालीले आफ्नो परिचय र समाचार सङ्कलनको उद्धेश्य स्पष्ट पारेको अवस्थामा डाक्टर पन्थबाट भएको दुव्र्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको महासङ्घको ठहर छ । स्वतन्त्र रुपमा समाचार सङ्कलन गर्न पाउनु पत्रकारको नैसर्गिक अधिकारमाथि भएको हस्तक्षेपको निन्दा गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने डाक्टरलाई आवश्यक कारवाहीका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ जोडदार माग गर्दछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker