क्षतिग्रस्त संरचना पुनःनिर्माणमा माओवादी केन्द्र तनहुँको जोड

दमौली : नेकपा माओवादी केन्द्र तनहुँको बुधबार सबेको बैठकले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै भ्रष्टाचारमुक्त समृद्ध नेपाल निर्माणमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

बैठकले भानुका ईश्वत अधिकारीसहित आन्दोलनमा बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका लक्ष्यहरूलाई आत्मसात् गर्दै भ्रष्टाचार अन्त्य र समृद्ध नेपाल निर्माणमा हरेक तहबाट योगदान दिनुपर्नेमा जोड दिएको छ ।

बैठकले आन्दोलनका क्रममा तनहुँ जिल्लामा भएका तोडफोड र आगजनीका घटनाबाट विभिन्न राजनीतिक दलका कार्यालय, जिल्ला प्रशासन कार्यालय, अन्य सरकारी कार्यालय, व्यास र शुक्लागण्डकी नगरपालिका, एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तथा निजी सम्पत्तिहरूमा पुगेको क्षतिप्रति दुःख प्रकट गरेको छ । साथै, ती संरचनाको चाँडो पुनःनिर्माणका लागि पहल गर्न आग्रह गरिएको छ।

जिल्ला पार्टी कार्यालय पनि तोडफोड र आगजनीबाट ध्वस्त भएकाले त्यसको पुनःनिर्माणका लागि पार्टी सदस्य तथा शुभेच्छुकसँग सहयोग जुटाउने निर्णय गरिएको छ ।

त्यसैगरी, असोज ३ गते बिहान ११ बजे जिल्ला कार्यालयमा “संविधान दिवस” विशेष कार्यक्रमका रूपमा “जेनजी आन्दोलनले उठाएका मुद्दा र नेपालको संविधान“ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।

बैठकले अभियानलाई निरन्तरता दिने निष्कर्ष समेत निकालेको माओवादी केन्द्र तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker