जिपी कोइराला उपचार केन्द्रमा पहिलो पटक जटिल शल्यक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रका एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे र सर्जन डा परिवर्तन बरालले स्थानीयबासी ६७ वर्षीया महिलाकोे पहिलोपटक हालै सफल शल्यक्रिया गर्नुभएको हो ।

डा बरालले ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको र धेरै कब्जियत भएकालाई यस्तो समस्या आउने बताउनुभयो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया गरिएको र अब यसलाई बिस्तारै निरन्तरता दिइने जानकारी दिनुभयो । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमित रुपमा भइरहेको जनाइएको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपीडी , चौबिसै घण्टा आकस्मिक , प्रयोगशाला, भिडियो एक्स–रे , माइनर अप्रेसन लगायतका सेवा दिइरहेको छ ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा पखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा जिल्लाका शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाबाट सेवा लिन आउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker